फागुन ११ । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ।
मंगलबार राति भएको खेलमा चेल्सीले लिललाई २-० गोल अन्तरले हराएको हो। चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र क्रिस्टियन पुलिसिचले एक एक गोल गरे।
घरेलु मैदानमा खेलको आठौं मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६३ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए।
यस जितसँगै चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ। चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ।
Facebook Comments


























