फागुन ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ।
शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो। चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे। जिएचले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे।
यस जितसँगै चेल्सीले २५ खेलमा ५० अंक जोडेको छ। चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ। क्रिस्टल प्यालेस २६ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
Facebook Comments


























