फागुन ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ।
शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले हराएको हो। खेलको ४८ औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। बुकायो साकाले ७९ औं मिनेटमा गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको इन्जुरी समयमा क्रिस्टियन नोर्गार्डले एक गोल फर्काएपनि आर्सनल २-१ ले विजयी भयो।
यस जितसँगै आर्सनल ४२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ब्रेन्टफोर्ड २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ।
प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटनले एभर्टनलाई २-० ले हराएको छ।
बर्नलीले ब्राइटनलाई ३-० ले तथा वाट्फोर्डले एस्टन भिल्लालाई १-० ले हराएको छ।
Facebook Comments


























