फागुन ७ । आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ।
ओमनको अल इमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले फिलिपिन्स विरुद्ध फराकिलो जित हासिल गरेको हो। यो नेपालको तेस्रो ठूलो जित हो। यसअघि नेदरल्यान्ड्सलाई १४२ र भुटानलाई १४१ रनले पराजित गरेको हो।
नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले ८ विकेटको क्षतिमा ८२ रन मात्रै बनाउन सक्यो। नेपालका लागि सन्दीप लामिछानेले तीन, गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यो गुल्सन झाको डब्यू खेलको हो। उनले डब्यू खेलमै विकेट लिएका छन्। तीन ओभरमा १६ रन खर्चेर एक विकेट लिए।
फिलिपिन्सका लागि जोडर्न अलेग्राले २७, ड्यानियल स्मिथले २० र जोनाथन हिलले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्।


























