काठमाडौं, फागुन ७ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना ९एमसीसी० संसद्मा टेबल गर्न अवरोध नगर्ने निर्णय गरेको छ।
शनिबार काठमाडौंमा बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबल गर्न नरोक्ने निर्णय गरेको हो। तर, यथास्थितिमा संसद्बाट अनुमोदन भने गर्न नहुने निर्णय गरेको छ।
एमसीसी संसद्मा टेबल गर्न हुने, त्यसमा थप छलफल गर्नुपर्ने र केही बुँदा संशोधनसहित अनुमोदन गर्नुपर्ने निर्णय गरिएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए।
Facebook Comments


























