फागुन ७ । विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार नेपालले फिलिपिन्ससँग खेल्दै छ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो। शुक्रबार पहिलो खेलमा ओमानलाई घरेलु मैदानमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ।
नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्ससँग बिहान पौने १२ बजेपछि खेल्नेछ। शुक्रबार पहिलो खेलमो ओमानलाई ३९ रनले हराएको नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ।
फिलिपिन्स भने पहिलो जितको खोजीमा छ।
Facebook Comments


























