फागुन ६ । आईसिसी टि२० विश्वकप छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा खराब सुरुवात गरेको छ। घरेलु टोली ओमानविरुद्ध टस हारेर पहिले व्याटिङ गरिरहेको नेपालले ८ विकेट गुमाउँदै ११७ रन बनायो।
निर्धारित २० ओभार खेलेको नेपालले घरेलु टोलीलाई ११८ रनको लक्ष्य दिएको हो। नेपालका लागि आरिफ शेखले अविजित रहदै सर्वाधिक ३८ रन जोडे।
सन्दीप लामिछाने १६ रनमा आउट भए। लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे। नेपालले यस प्रतियोगितामा ओमानसँगै फिलिपिन्स, आएरल्यान्ड र क्यानडासँग समूह चरणमा खेल्ने छ।
Facebook Comments


























