काठमाडौं, फागुन ६ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो। ग्लोबल छनोट अन्तर्गत नेपालले समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ।
नेपालले आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा रहेको छ। यस अघि ओमानमै भएको चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो।
Facebook Comments


























