फागुन ५ । नेपालमा थप १ हजार ९९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४६ हजार ३३० जना निको भएका छन्।
यस्तै, ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ७ हजार २८ पीसीआर परीक्षणका क्रममा ३६४ जना र २ हजार ७६१ एन्टिजेन परीक्षणका क्रममा २०६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९११ जनाको मृत्यु भएको छ।
त्यस्तै थप १ हजार ९९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४६ हजार ३३० जना निको भएका छन्।
हाल नेपालमा १६ हजार ६१६ सक्रिय संक्रमित आइसोलेसन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























