काठमाडौं, फागुन ५ । सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बिहीबार बेलुकी ५ बजे बस्ने बैठकले निर्क्योल गर्ने नेताहरूले बताएका छन्।
गठबन्धन आवद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन्।
माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निर्क्योल हुने बताएका हुन्। ‘गठबन्धनको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने
आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए। एमसिसीलगायको विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए।
Facebook Comments


























