काठमाडौं, फागुन ४ । प्रतिनिधिसभाको आगामी बैठक फागुन ६ मा बस्ने गरी बुधबारको बैठक स्थगित भएको छ। नयाँवानेश्वरस्थित संसद भवनमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो।
बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी गराएका थिए। बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए।
Facebook Comments


























