फागुन २ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्प्यानियोलसँग बराबरी खेलेको छ।
आईतबार राति नाटकिय खेलको अन्तिम मिनेटमा डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन्। हारको नजिक पुगेको बार्सिलोनाले अन्तिम मिनेटमा गोल गर्दै घरेलु टोलसँग २–२ गोलको बराबरी खेल्न सफल रह्यो।
पेड्रीले भली गोलमार्फत बार्सिलोनालाई सुरुवातमै अग्रता दिलाएका थिए। सर्जी डार्डरले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए। दोस्रो हाफमा राहुल डी थोमसले स्प्यानियोललाई अघि बढाएका थिए।
इन्जुरी समयमा जेरार्ड पिके र निको मेलामेड रातो कोर्ड खादै मैदान बाहिरिएको खेलमा वैकल्पिक खेलाडी डे जोङले एडमा ट्रओरेको क्रसमा हेड गर्दै अंक दिलाउन सफल रहे। बार्सिलोनाले एक अंक जोड्दै एट्लेटिको मड्रिडलाई उछिन्दै चौथो स्थानमा पुगेको छ।
खेलको ६२ औं मिनेटमा मैदान छिरेका मनु मोर्लानेसलाई पनि खेलको अन्तिममा रातो कार्ड देखाईएको थियो।
सन् २००८–०९ को सिजनपछि पहिलो पटक बार्सिलोनाविरुद्ध जितको नजिक पुगेको स्प्यानियोल बराबरीमा रोकिनु पर्यो।
बार्सिलोना ३९ अंक सहित तालिकाको चौथों स्थानमा उक्लिएको छ। स्प्यानियोल २८ अंक सहित तालिकाको १३ औं स्थानमा छ। एजेन्सी


























