फागुन २ । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस। यस दिन प्रेम गर्ने जोडीहरुले आपसमा प्रेमभाव साटेर मनाउँदै छन्। खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन्।
सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ठ खालको इतिहास छ। रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ।
आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरुले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ।
Facebook Comments


























