फागुन १ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ३२ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३३ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























