माघ २६ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्।
Facebook Comments


























