माघ २३ । प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। उनको ९२ वर्षको उमेरमा शनिबार राति उपचारका क्रममा निधन भएको हो।
केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो। मंगेशकरले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढीमा आवाज दिएकी छन्। साथै, उनले थुप्रै नेपाली गीत पनि गाएकी छन्।
Facebook Comments


























