माघ २३ । प्रिमियर लिग क्लब एभर्टन एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ।
शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराउँदै एभर्टन पाँचौं चरणमा पुगेको हो। एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे। ब्रेन्टफोर्डका इभान टोनीले एक गोल फर्काए।
जितसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले एभर्टनमा उत्कृष्ट सुरुवात गरेका छन्। लाम्पार्डले आफ्नो पहिलो खेलमै क्लबलाई जित दिलाएका हुन्।
Facebook Comments


























