माघ २२ । फिलिपिन्सको राजधानी मनिलास्थित रुसी दूतावासमा आगलागी भएको छ। रुसको विदेश मन्त्रालयले दूतावासमा भएको आगलागीको घटनामा कोही हताहत नभएको बताएको छ। दूतावासका सबै कर्मचारीलाई परिवारसहित सुरक्षित बाहिर निकालिएको छ।
रुसको समाचार एजेन्सी तासमा अनुसार मन्त्रालयसँग सम्बन्धित विभागको टेलिग्राम च्यानलमा जारी बयानमा भनिएको छ ‘यो दुर्घटनामा कोही घाइते भएको छैन। दूतावासमा रहेका कर्मचारी र उनीहरुका परिवारलाई सुरक्षित बाहिर निकालिएको छ। मनिलामा रुसी दूतावासमा लागेको आगो नियन्त्रण गरिएको छ।’
यसअघि शुक्रबार फिलिपिन्सको समाचार च्यानल र्यापलर मिडियाले मनिलास्थित रुसी दूतावासमा आगो लागेको सूचना दिएको थियो। च्यानलले आफ्नो युट्युब च्यानलमा जलिरहेको भवनको भिडियो शेयर गरेको थियो।’ एजेन्सी
Facebook Comments


























