माघ २१ । भारतको नयाँ दिल्लीमा सोमबारबाट विद्यालय खुल्ने भएका छन्। आज दिल्ली सरकारले सूचना जारी गरी सोमबारबाट विद्यालय, कलेज र जिमहरु खुल्न दिने निर्णय सार्वजनिक गरेको हो।
दिल्लीमा रात्री कफर्यु भने जारी रहनेछ। कफर्यु ११ बजे रातिबाट सुरु हुनेछ। कार्यालयहरु शतप्रतिशत क्षमतामा खोल्न नदिइने सूचनामा उल्लेख छ। कोरोना भाइरसको जोखिमर्ला दृष्टिगत गरी दिल्लीमा विद्यालय बन्द गरिएका थिए। विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गरिएको थियो।
Facebook Comments


























