काठमाडौँ, माघ २१ । मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि हवाइसेवा अवरुद्ध भएको छ। काठमाडौं आउने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ। उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको कार्यालय विमानस्थल स्रोतले जनाएको छ। शुक्रबार बढी रुटमै मौसमले चुनौती दिएको छ। यसले उडानहरु ढिला हुने र कुनै कुनैमा रद्द हुने समस्या समेत आएको छ।
विमानस्थल कार्यालयका अनुसार विहान सिमराका लागि निर्धारित उडानहरु रद्द भएका छन्। जनकपुर, भरतपुर तथा पोखराका उडान समेत डिले हुने समस्या छ।
Facebook Comments


























