काठमाडौं, माघ २० । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन्।
राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेको हो। यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो।
तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन।
‘आजसम्म ७ महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ।
Facebook Comments


























