माघ २० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बिहीबार १४ अंकले घटेको छ। कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेको हो। २८ सय ९८ अंकबाट सुरु भएको नेप्से सूचक बढेर २९ सय २२ अंकमा पुगेको थियो। त्यसपछि निरन्तर घट्दै २८ सय ७६ अंकमा आइपुगेको हो। यसक्रममा आज ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको एक करोड ५७ लाख कित्ता सेयर किनबेच भएको छ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८ रुपैयाँले बढेर १९ सय ५९ अंकमा पुगेको हो। यस्तै, बुद्धभूमि नेपालको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
आज अरुण भ्याली हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ८२ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ। यसपछि अपि पावर कम्पनीको ५२ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ।
Facebook Comments


























