अर्घाखाँची, माघ २० । सन्धिखर्कमा खानेपानीको न्यूनतम महशुल घटाइएको छ। सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाले साविकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो।
२०० रुपैयाँ न्यूनतम महशुल लिइरहेको संस्थाले १ फागुनबाट लागु हुनेगरी मूल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले जानकारी दिए। १९ माघमा बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको हो। बैठकले संस्थाको पाँचौँ अधिवेशन आउँदो १२ चैतमा गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।
संस्थाले सदरमुकाम सन्धिखर्कका एक हजार ८४१ घरपरिवारमा पिउने मपानी उपलब्ध गराउँदै आएको छ। जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो। रासस
Facebook Comments


























