लमजुङ, माघ २० । लमजुङको राइनास नगरपालिका–६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बुधवार नगरपालिका–५ तीनपिप्लेबाट वडा नम्बर ६ धमिलिकुवातर्फ आउँदै गरेको ग१त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्रयाक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरू राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर फिर्ता भएका छन्।
Facebook Comments


























