माघ १९ । चारदेशबीचको क्रिकेट सिरिज अघि आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको आयोजना गरिरहेको ओमानले युनाईटेड अरब इमिरेट्सविरुद्ध तीन एकदिवसिय क्रिकेट खेल्दैछ।
ओमानले आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत युएईविरुद्ध तीन एकदिवसिय खेल्न लागेको हो। ओमान र युएईबीचको खेल ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ।
दुई टोलीबीचको पहिलो खेल फेब्रुअरी ५, दोस्रो खेल ६ तथा तेस्रो खेल ८ तारिखमा हुनेछ। युएईविरुद्धको खेलपछि ओमानले नेपाल, आयरल्यान्ड र युएईसम्मिलित चारदेशीयय टी–ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ।
ओमानले सिरिजको पहिलो खेल भने नेपालविरुद्ध फेब्रअरी ११ तारिखमा खेल्नेछ।
Facebook Comments


























