माघ १९ । आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ। हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ। हिजो मंगलबार तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको हो।
Facebook Comments


























