माघ १९ । दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ।
विश्वकप छनोट अन्तर्गत मंगलबार सिरियालाई २-० गोल अन्तरले हराउँदै दक्षिण कोरियाले विश्वकपको टिकट काटेको हो। दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे।
खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७१ औं मिनेटमा क्वोनले गोल गर्दै दक्षिण कोरियालाई २-० को जित दिलाए।
यस जितसँगै दक्षिण कोरियाले ८ खेलमा २० अंक जोडेको छ। तेस्रो चरणको छनोटको समूह ए मा रहेको दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ। दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ।
Facebook Comments


























