काठमाडौँ, माघ १५ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ।
भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो। बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन्।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ। यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशनरसम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो।
Facebook Comments

























