माघ १३ । भारतको बिहार प्रदेशमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ। यसैगरी चार जनाको अवस्था गम्भीर रहेको छ। चारैजनाको अस्पतालमा उपचार भइरहेको छ।
यो घटना बक्सर जिल्लाको अन्सारी गाउँको हो। बक्सरका प्रहरी उपरीक्षक नीरजकुमार सिंहले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
गत वर्ष पनि बिहारको गोपालगञ्ज, बेतिया र सिवानमा नक्कली मदिरा सेवनबाट ५० भन्दा बढीको मृत्यु भएको थियो। यस वर्षको सुरुमा मुख्यमन्त्रीको गृहजिल्ला (नालन्दा) पछि छपरा जिल्लामा पनि विषाक्त मदिराको सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो।
प्रतिपक्षले निषेधाज्ञाको विषयलाई लिएर सरकारमाथि लगातार आक्रोश पोख्दै आइरहेको छ। प्रतिपक्षीले मदिरामा प्रतिबन्ध लगाउँदा पनि मदिरा पाएकोमा प्रश्न उठाउँदै आएका छन्। एजेन्सी
Facebook Comments


























