माघ १२ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारूढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
भर्खरै सम्पन्न मतगणनामा नेकपा (एकीकृत समाजवादी) की राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र नेपाली कांग्रेसका युवराज शर्मा निर्वाचित भएका छन्।
नेकपा (एमाले) का तीनै उम्मेदवार पराजित भएका छन्। एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उम्मेदवार बनाएको थियो।
सत्तारूढ गठबन्धनका उम्मेदवारले ४३७४ मतभार प्राप्त गरेका छन्। त्यस्तै, एमालेले उम्मेदवारले ३३१२ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
Facebook Comments


























