माघ १२ । सेनेगल अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा केप भर्डेलाई २-० गोल अन्तरले हराउँदै सेनेगल क्वाटरफाइनलमा पुगेको हो। सेनेगललाई जित दिलाउन साडियो माने र बाम्बा डीइङले एक एक गोल गरे।
खेलको ६३ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए। यस्तै खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो। भर्डेका प्याट्रिक र भोजिन्हाले रातो कार्ड पाएका थिए।
Facebook Comments


























