चितवन, माघ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप मुलुकका विभिन्न अस्पतालबाट २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब ७ रहेको छ।
यस्तै, १ हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २६५ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























