माघ १० । एनआइसी एसिया बैंकको प्रस्तावित लाभांश रद्द भएको छ।
लाभांश प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि रद्द गरिएको बैंकले जानकारी गराएको छ। नियामकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको हो।
यसअघि एनआइसी एसियाको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव नियामकले अस्वीकृत गरेपछि रद्द गरिएको बैंकले जनाएको छ।
Facebook Comments


























