ललितपुर, माघ १० । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ।
लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिइन्।
उनका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ।
Facebook Comments


























