चितवन, माघ १० । रोयल पेन्ट्सको उपहार योजनाअन्तर्गत बाँके कोहलपुरका छविलाल ओलीले मोटरसाइकल उपहार जितेका छन्।
रोयल पेन्ट्स प्रालिले आफ्ना ग्राहकहरुका लागि आयोजना गरेको रोयल पेन्ट्सको बहार, बम्परमा पल्सर उपहार योजनामा कर्णाली ट्रेडर्स बाँकेबाट पेन्ट्स गरिद गरेका उनले १५० सिसीको बजाज पल्सल मोटरसाइकल जितेका हुन्।
उक्त योजनमा गत भदौ १ देखि कात्तिक ३० गतेसम्म नेपालभरका विभिन्न डिलरबाट रोयल पेन्ट्स खरिद गर्ने ग्राहकहरुका लागि उक्त योजना सञ्चालन गरेको थियो।
प्रा.लि.ले आफ्नै आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी गोलाप्रथाबाट विजेता घोषणा गरेको थियो।
उपहार सार्वजनिक कार्यक्रममा १० जना ग्राहकले भने एमआइ स्मार्ट मोबाइल जितेका छन् भने पाँच जनाले ४३ इञ्चको भिडियोकोन टेलिभिजन जितेका एशोसियट कम्पनीका अध्यक्ष प्रमेश भण्डारीले जानकारी दिए।
Facebook Comments


























