माघ ५ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ। अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो।
मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो। खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो।
चेल्सीका लागि खेलको २८ औँ मिनेटमा जियचले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफका चेल्सीको अग्रता रोक्न ६० औँ मिनेटमा ब्राइटनका वेब्स्टरले गोल गरे।
गएराति बराबरीमा रोकिएको चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा छ। उसले २३ खेल खेलेको छ। नवौं स्थानको ब्राइटनको २९ अंक छ।
Facebook Comments


























