माघ ५ । सिनियर लेभलको डेब्यु खेलमा बेलायती टेनिस खेलाडी ईमा राडुकानुले विजयी सुरुवात गरेकी छन्। मंगलबार मेलबर्नमा भएको अष्ट्रेलियन ओपन टेनिसमा उनले विजयी सुरुआत गरेकी हुन्।
विश्व वरीयताको १७ औं स्थानमा रहेकी राडुकानुले सिनियर लेभलको डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन्। अमेरिकी खेलाडी स्लोअनी स्टेफेन्सलाई हराउँदै उनले दोस्रो चरणमा स्थान बनाएकी छन्। राडुकानुले स्टेफेन्समाथि ६–०, २–६ र ६–१ को सेटमा जित निकालेकी हुन्।
१९ वर्षीया राडुकानुले दोस्रो चरणमा डन्का कोभिनिचसँग प्रतिस्पर्धा गर्नेछिन्।
Facebook Comments


























