माघ ३ । सहिद स्मारक ए डिभिजन अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नवौं चरणको अन्तिम लिग खेल हुन लागेको हो। दिउँसो १ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) ले जावलाखेल युथ क्लबको सामना गर्नेछ।
८ खेलमा १० अंक जोडेर आठौं स्थानमा रहेको एनआरटी जावलाखेललाई हराएर अंक तालिका सुधार्न चाहन्छ। ८ खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिकामा माथि उक्लने दाउमा छ।
Facebook Comments


























