काठमाडौं, माघ २ । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश नं.१ बीचको स्थगित खेल सोमबार हुने भएको छ।
पुलिस र प्रदेश १ बीचको खेल शनिबार तय थियो। तर, प्रदेश १ का खेलाडीमा कोभिड-१९ को आशंका भएपछि खेल स्थगित गरिएको थियो। नेपाल क्रिकेट संघले स्थगित खेल सोमबार हुने जनाएको छ।
क्यानले प्रदेश १ का एक खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएको समेत जनाएको छ। समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ।
Facebook Comments


























