माघ २ । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।
शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ४-० गोल अन्तरले हराएको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे। एक गोल कोरेनतीन टोलिस्सोको नाममा रह्यो।
खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २५ औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए।
खेलको ६२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए। त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४-० को जित दिलाए।
यस जितसँगै बायर्नले १९ खेलमा ४६ अंक जोडेको छ। कोल्नले १९ खेलमा २८ अंक जोडेको छ। अर्को खेलमा बोरुसिया डर्टमण्डले फ्रेईवर्गलाई ५-१ गोल अन्तरले हराएको छ।
Facebook Comments


























