पुस ३० । प्रिमियर लिग क्लब न्युकासल युनाईटेडले स्ट्राइकर क्रिस उडलाई अनुबन्ध गरेको छ।
न्युकासलले क्रिसलाई बर्नलीबाट क्लबमा अनुबन्ध गरेको हो। न्युजिल्याण्डका स्ट्राइकर क्रिस २०२३/२४ को सिजनसम्म न्युकासलमा रहने छन्। न्युकासलले यस अघि डिफेन्डर किइरन ट्रिपियरलाई अनुबन्ध गरेको थियो।
ट्रिपियरलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबन्ध गरेको हो। साउदी अरेबियाको लगानीपछि न्युकासलले दोस्रो खेलाडीको रुपमा क्रिसलाई अनुबन्ध गरेको हो।
Facebook Comments


























