पुस २६ । अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले विजयी सुरुआत गरेको छ।
आइतबार राति भएको उद्घाटन खेलमा बुरकिना फासोलाई २-१ गोल अन्तरले हराउँदै आयोजकले सुखद सुरुआत गरेको हो। ओलेम्बे स्टेडियममा एक गोलको अग्रता उल्टाएर क्यामरुनले जित निकालेको हो।
क्यामरुनको जितमा दुबै गोल भिन्सेन्ट अबुबाकरले गरे। खेलको २४ औं मिनेटमा गुस्ताभो सांगारेले गोल गर्दै बुरकिनालाई सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको ४० औं मिनेटमा अबुबाकरले पेनाल्टीमा गोल गर्दै क्यामरुनलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अबुबाकरले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनलाई २-१ को जित दिलाए।
यस जितसँगै समूह ए को क्यामरुनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। बुरकिनाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
Facebook Comments


























