पुस २६ । टोटेनहम एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ।
आइतबार राति भएको खेलमा मोरकाम्बे एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा पुगेको हो। घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो। खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए।
तर, खेलको ७४ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ८५ औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए।
त्यसपछि खेलको ८८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ३-१ को जित दिलाए। अर्को खेलमा उल्भ्सले शेफिल्डलाई ३-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ। वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० ले हराएको छ।
Facebook Comments


























