पुस २३ । इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडका फरवार्ड मिकाएल एन्टोनियोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। एन्टोनियोले २०२४ को अन्तिमसम्म क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन्।
३१ वर्षीय फरवार्ड एन्टोनियो २०१५ मा वेस्ट ह्याम आएका थिए। वेस्ट ह्यामका लागि उनले ५५ गोल गरेका छन्। जमैकाका एन्टोनियोले यस सिजन ९ गोल गरिसकेका छन्।
Facebook Comments


























