काठमाडौं, पुस २४ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज ब्रिसबेन हिटसँग प्रतिस्पर्धा गर्दैछ।
होबार्टले ब्रिसबेनसँग उसैको घरेलु मैदानमा खेल्नेछ। खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ। होबार्टको यो १० औं खेल हो। होबार्ट १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
ब्रिसबेन १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ब्रिसबेनविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ। सन्दीपले अघिल्ला ९ खेल खेलिसकेका छन्।सन्दीपले यस सिजन ९ खेलमा ८ विकेट लिएका छन्।
Facebook Comments


























