पुस २१ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ १८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























