पुस १८ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर, युरो र पाउण्डलगायतका देशको मुद्राको भाउ शनिबारको आधारमा स्थिर रहेको छ। अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३५ पैसा र बिक्रीदर १६१ रुपैयाँ १६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























