पुस १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ।
आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ५-० गोल अन्तरले हराएको हो। नर्विचको मैदानमा बुकायो साकाले छैटौं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ४४ औं मिनेटमा किरन टीएर्नेले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए। ६७ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाए।
खेलको ८४ औं मिनेटमा एलेक्सजेण्डर लाकाजेटीले पेनाल्टीमा गोल गरेपछि आर्सनल ४-० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई ५-० को जित दिलाए।
जितसँगै आर्सनलले १९ खेलमा ३५ अंक जोडेको छ। आर्सनल चौंथो स्थानमा रहेको छ। नर्विच १० अंक जोडेर पुछारमा रहेको छ।
Facebook Comments


























