पुस १० । पपुवा न्युगिनीको मध्य भागमा ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। शुक्रबार ६६ किलोमिटर ९४१ माइल भन्दा बढी० तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ। पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ। जहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ। एजेन्सी
Facebook Comments


























