पुस ७ । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ।
मंगलबार राति भएको खेल युभेन्ट्सले काग्लियारीलाई २-० गोल अन्तरले हराएको हो। युभेन्ट्सको जित मोइस किन र फेडेरिको बेर्नारडेस्चीले एक एक गोल गरे।
खेलको ४० औं मिनेटमा मोइसले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए।
यस जितसँगै युभेन्ट्स १९ खेलमा ३४ अंक जोडेको छ। युभेन्ट्स पाँचौं स्थानमा उक्लिएको छ। काग्लियारी १० अंक जोडेर १९ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























